काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आमनागरिकको शान्तिसुरक्षा तथा अपराध अनुसन्धानको क्षेत्रमा नेपाल प्रहरीले प्राप्त गरेको ९० प्रतिशत सफलतालाई एउटै घटनाले शुन्यमा झारिदिएको बताएका छन् ।

६३ औं प्रहरी दिवसका अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा आज आयोजित विशेष समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले भने प्रहरीले अपराध अनुसन्धानमा ९० प्रतिशत सफलता प्राप्त गरेको छ तर, त्यो सफलतालाई एउटै घटनाले शुन्य पारिदिएको तथ्य हामीसंग छ ।

नेपाल प्रहरी संगठनमाथि देश र जनताको ठूलो भरोसा र विश्वास छ, उनले भने यही विश्वास र भरोसलाई दिगो पार्न प्रहरी ब्यवसायिक हुनुपर्छ । समृद्ध नेपाल र सुखी नेपाल निर्माणका लागि शान्तिसुरक्षा पहिलो प्राथमिकतामा रहेको धारणा उनको थियो ।

उनले संघीय प्रहरी ऐन छिटो जारी गरी २०१२ सालमा स्थापना भएको ऐनलाई अविलम्ब खारेज गर्न निर्देशन दिए । प्रविधिमा आधारित र खुला सिमानका कारण अपराधको अनुसन्धान चूनौति पूर्ण बन्दै गएको भनाई उनको थियो ।

कार्यक्रममा उनले यसवर्षको लाइफ टाइम एभिफमेण्ट अवार्ड पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक अमरसिंह शाहलाई प्रदान गरेका थिए । सो अवसरमा १५ सय छ जना अमर प्रहरी रहेको जानकारी दिइएको हो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version