काठमाडौँ: साताको कारोवारको पहिलो दिन पूँजी बजारमा दोहोरो अंकले सुधार आएको छ । शेयर बजार परिसूचक (नेप्से) १४ दशमलब १४ अंकले बढेर एक हजार २४२ दशमलब ४३ अंकमा पुगेर बजार बन्द भएको छ ।

नेप्से बढे पनि कारोवार रकममा भने कमि आएको छ ।

आजको कारोवारमा जलबिधुत र उत्पादन मूलक बाहेक सबै समूहको परिसूचक बढेको छ ।

सबै भन्दा बढी जीबन बीमा समूहको परिसूचक ५७ दशमलब ४९ अंकले बढेको छ भने होटल ५५ दशमलब ३४ अंक, बाणिज्य बैंक १ दशमलब ७ अंक र विकास बैंक १८ दशमलब १५ अंकले बह्देको छ ।

नेपाल स्टक एक्सचेन्जमा १५८ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ४ हजार ५३० कारोबारबाट २६ करोड ९९ लाख १३ हजार ७२९ रुपैयाँ बराबरका १० लाख १६ हजार ४६० कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

मंगलबार नेप्सेमा १६० कम्पनीहरुको ६ हजार १७४ कारोबारबाट ३४ करोड ३२ लाख ९४ हजार ४३० रुपैयाँ बराबरका १० लाख १८ हजार ०७९ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version