काठमाडौँ: डेढ वर्षको अन्योलपश्चात भारतले ५३ वटा ग्यास बुलेत्का लागि विष्फोटक लाइसेन्स दिने इच्छा देखाएको छ । बिष्फोटक लाइसेन्सकै कारण बुलेट भारतमा अलपत्र परेको आलोचना बढेपछि तत्काल लागि ५३ वटालाई दिने इच्छा देखाएको हो ।
‘प्रधानमन्त्री कपी शर्मा ओलीको भारत भ्रमण र त्यस्पशात आपूर्तिमन्त्री मात्रिका यादवको पहलमा लाइसेन्सबारे धेरै सकारात्मक छ,’ उद्ध्योग तथा आपूर्ति मन्त्रालयक एक अधिकारी भने, ‘ तर, उद्ध्योगीहरुले बुकिङ्ग भएका सबै बुलेटका लागि माग गरेका छन् ।’
एलपी ग्यास उद्ध्योगका नुसार हाल ५३ वटा ग्यास बुलेट तयारी अवस्थामा छन् । ४ सय ९ वटा बुक्त भएको संघले जनाएको छ । यी सबै बुलेट संचालन गर्न उद्योगीले लाइन्सेन्स माग गरेका हुन् ।
यही बिषय टुंगो लगाउन आपूर्तीमन्त्री यादव छिट्टै भारत भ्रमण वा भारतीय मन्त्रीलाई नेपाल आउन निर्मंत्रना गर्ने तयारी भएको छ ।
यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
