लिस्बन: युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु गरिएको छ ।

पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारको समूह नेपाली जर्नालिष्ट क्लबले उक्त मासिक पत्रिका प्रकाशन शुरु गरेको हो । राजधानी लिस्बनमा बुधबार आयोजित कार्यक्रममा पोर्चुगलका लागि नेपाली अवैतनिक वाणिज्य दूत मकरबहादुर हमाल, पोर्चुगलका लागि नेपाली पर्यटन दूत रमेशकुमार गुरुङ, गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष कुवेर कार्कीसहित विभिन्न सङ्घ संस्थाका प्रतिनिधिले संयुक्त रुपमा उक्त पत्रिका लोकार्पण गरेका थिए।

पोर्चुगलमा रहेका नेपाली समुदायलाई महत्वपूर्ण गतिविधिको जानकारी दिने, सत्य सूचना सम्प्रेषण गर्ने तथा नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यअनुरुप पत्रिका प्रकाशन गरिएको क्लबका संयोजक योगेन्द्रमिलन छन्त्यालले बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version