काठमाडौं: शेयर बजार परिसूचक नेप्से ८ दशमलब ८२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक ८ दशमलब ८२ अंकले घटेर एक हजार २४१ दशमलब ११ अंकमा झरेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २ दशमलब १८ अंकले घटेर २६४ दशमलब ०१ अंकमा पुगेको छ ।

स्टकका अनुसार कूल १५६ कम्पनीको ९ लाख ४८ हजार ५४३ कित्ता शेयर २७ करोड ७१ लाख ८२ हजार ८९८ मूल्यमा खरिदबिक्री भएको छ ।

आजको कारोवारमा उत्पादन मूलक समूह बाहेक सबै समूहको परिसूचकमा गिरावट आएको छ ।

निर्जीवन बीमा समूहको परिसूचक ४० दशमलब २४ अंक, होटल ३६ दशमलब ९४, जीवन बीमा १२ दशमलब ३९ अंक र जलबिधुत ११ दशमलब ०६ अंकले घटेको छ ।

यस्तै बाणिज्य बैंक समूहको परिसूचक ९ दशमलब ४३ अंक र अन्य ९ दशमलब २७ अंकले घटेको छ ।

यधपी, उत्पादन मूलक समूहको परिसूचक ४९ दशमलब ५६ अंकले बढेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version