काठमाडौँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इन्डिया फाउण्डेशनले आयोजना गर्ने कार्यक्रममा भाग लिन आज भारतको नयाँदिल्ली प्रस्थान गरेका छन्।

कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रमुख अतिथिका रूपमा पार्टीको अवधारणा प्रस्तुत गर्नुका साथै नेपाल–भारतबीचको सम्बन्धका बारेमा मन्तव्य दिनेछन् । अध्यक्ष प्रचण्डको अन्य कुनै राजनीतिक भेटघाट नरहेको बताइएको छ ।

फाउण्डेशनले दक्षिण एशियाका साथै अन्तर्राष्ट्रियस्तरमा समेत विचार निर्माण गर्ने सन्दर्भमा भूमिका निर्वाह गर्दै आएको छ । गोवामा हुने भनिएको उक्त सम्मेलन केही दिनअघि मात्र दिल्लीमा हुने टुङ्गो लागेको थियो ।

कार्यक्रममा भाग लिन आफूलाई दुई महीनाअघि नै निम्ता प्राप्त भएको त्यसतर्फ जान लागेको आज प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यक्ष प्रचण्डले जानकारी दिए।

उनको बिदाइका लागि महासचिव विष्णु पौडेल, नेताहरू अग्नि सापकोटा, दीनानाथ शर्मालगायत विमानस्थल पुगेका थिए। उनी आजै बेलुका स्वदेश फर्कनुहुनेछ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version