काठमाडौँ: काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा आज दिउँसो जीप दुर्घटना हुँदा नेपाल प्रहरीका डिआइजीसहित तीन जनाको मृत्यु भएको छ।

नेपाल प्रहरीका डिआइजी शुशिल भण्डारी, पत्रकार जीवन पराजुली र विनोद कार्कीको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता उत्तम राज सुवेदीले पहिलोक्लिकलाई जानकारी दिए।

उनका अनुसार दुर्घटनामा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक सुशील भण्डारीको धुलिखेल अस्पतालमा उपचारको क्रममा अघि साँझ ६:३० बजे मृत्यु भएको हो।

हेलम्बु राजमार्गअन्तर्गत ढकालथोकमा बा ३ च २८७ नं को ल्याण्डक्रुजर जीप सडकबाट पाँचसय मिटर तल खस्दा धुलिखेलस्थित रेडियो गौरवका स्टेशन मेनेजर मण्डन देउपुर नपा–४ का २५ वर्षीय जीवन पराजुली र नमोबुद्ध नपा–१० का ४४ वर्षीय विनोद कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version