काठमाडौँ: राजधानीमा विभिन्न डाँका तथा लुटपाटका घटनाका फरार डाँका मनिष मानन्धर उर्फ कट्टु पक्राउ परेका छन् ।

प्रहरी परिसर काठमाडौँका प्रमुख तथा एसएसपी बसन्तकुमार लामाका अनुसार उनी प्रहरीको फरार सूचिमा लामो समय देखि रहेका थिए । कट्टु बिशेष गरी काठमाडौँ उपत्यकाको संगठित चोरी, डाँका तथा हातहतियारका घटनामा बढी संलग्न थिए, लामाले भने ।
लामाका अनुसार कट्टुविरुद्ध एक दर्जन बढी मुद्धा दर्ता छन् । उनलाई सोमबार काठमाडौँको सोल्टीमोडबाट पक्रउ गरिएको हो।

परिसर विशेष टोलीले कट्टुलाई काठमाडौँ आएको बिशेष सुराकीका आधारमा पक्राउ गरेको पनि लामाले जानकारी दिए ।

प्रहरीका अनुसार कट्टु २०६५ मा कालिमाटीमा भएको डाँका मुद्दामा फरार रहेका अभियुक्त हुन्।

एसएसपी लामाले भने, ‘दशैंमा काठमाडौं आएको सूचना प्राप्त भएपछी उनको खोजी जारी थियो त्यसै क्रममा हिजो पक्राउ गर्यौं’ । कट्टु झन्डै नौ वटा मुद्दामा संलग्न रहेको खुलेको छ। उनले यसघि चार वर्ष कैद सजाय भुक्तान गरिसकेका छन् ।

उनी विरुद्ध ९ वटा हातहतियार तथा डाँका मुद्दा दर्ता छन्, प्रहरीले भन्यो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version