काठमाडौँ: पूँजी बजारमा आज गिरावट आएको छ । मंगलबार सामान्य सुधार भएको शेयर बजार आज पुन: घट्दा लगानीकर्ताहरु निराश भएका छ । नेप्से परिसूचक घटेसंगै कारोवार रकममा पनि उल्लेख्य गिरावट आएको छ ।

आज शेयर बजार परिसूचक नेप्से २ दशमलब ९० अंकले घटेर एक हजार २२१ दशमलब ४६ अंकमा पुगेको छ । सोमबार १० दशमलब ५६ अंकले घटेको नेप्से सोमबार ७ दशमलब ४३ अंकले बढेको थियो ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत शुन्य दशमलब ६५ अंकले घटेर २५९ दशमलब ७८ अंकमा कायम भएको छ ।

आजको कारोबारमा निर्जीवन बीमा उत्पादन र अन्य बाहेक सबै समूहको परिसूचक घटेको छ ।

नेपाल स्टक एक्सचेन्जमा १६४ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ३ हजार ३३६ कारोबारबाट १६ करोड ७५ लाख ९९ हजार १९० रुपैयाँ बराबरका ६ लाख ८६ हजार ११५ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।

मंगलबार नेप्सेमा १६३ कम्पनीहरुको ४ हजार १२९ कारोबारबाट २२ करोड १८ लाख ४ हजार ४०६ रुपैयाँ बराबरका ९ लाख २४ हजार ६६५ कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version