काठमाडौं: विगत चार दिनदेखि उपचारत प्रधानमन्त्री केपी शर्मा ओली विहिबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज हुने तयारी भएको अस्पतालले जनाएको छ।

“उनले पूर्व स्वास्थलाभ गर्नु भएको छ उहाँको पछिल्ल्लो स्वास्थ्य जांचले पूर्ण स्वस्थ रहेको देखाएको छ, प्रधानमन्त्री सम्भवत आजै डिस्चार्ज हुन सक्नु हुन्छ,” प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले पहिलोक्लिकलाई जानकारी दिए।

“हामीले अहिले अस्पतालमा उहाँको डिस्चार्जबारे छलफल गर्दै छौँ कति बेला कसरी गर्ने भन्ने बारे अझै एकिन भने भएको छैन,” उनले भने।

प्रधानमन्त्री ओली त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिस भास्कुलर एण्ड ट्रन्स्प्लान्ट सेन्टरको सीसीयु युनिटमा अपचारत छन्।

उनको उपचारमा छातीरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. दिव्या सिंह शाह र छाति रोग विशेषज्ञ डा. सन्त कुमार दासको टोली खटिएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version