काठमाडौँ: पूँजी बजारको गिरावट साताको अन्तिम कारोवारको दिन पनि जारी रहेको छ । शेयर बजार आज पुन: घट्दा लगानीकर्ताहरु निराश भएका छ । आज नेप्से परिसूचक शुन्य दशमलब ४८ अंकले घटेर एक हजार २२० दशमलब ९८ अंकमा झरेको छ।
नेप्से सोमबार र बुधबार क्रमश: १० दशमलब ५६ अंक र २ दशमलब ९० अंकले घटेको थियो ।
यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत शुन्य दशमलब ११ अंकले घटेर २५९ दशमलब ६७ अंकमा कायम भएको छ ।
आजको कारोबारमा उत्पादन समूहको परिसूचक १३ दशमलब ५७ अंक, बाणिज्य बैंक शुन्य दशमलब ४६ अंक र जलबिधुत ५ दशमलब ५८ अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ४ हजार १२९ कारोबारबाट २४ करोड ६७ लाख ३० हजार ३६४ रुपैयाँ बराबरका ७ लाख ८२ हजार २९ कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
