काठमाडौँ: नेपाल प्रहरीले कतार प्रहरीसँग सुरक्षामा समन्वयका लागि समझदारी गरेको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल र कतार पब्लिक सेक्युरिटीका महानिर्देशक साद बिन जसिम अल खुलाइफीले समझदारीपत्रमा बुधबार हस्ताक्षर गरेका छन् ।

समझदारी अन्तर्गत आतंकवाद र आतंककारी क्रियाकलापमा वित्तिय लगानी, अन्तरदेशीय अपराध, लागूऔषधको अवैध कारोबार, अवैध हातहतियार तथा विष्फोटक पदार्थको ओसारपसार, विद्युतीय अपराध, मानव बेचबिखन, वित्तिय अपराध नियन्त्रणमा समन्वय हुने छ ।

सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको ४ दिने कतार भ्रमणमा प्रतिनिधि मण्डलको सदस्यको रुपमा सहभागी भई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सो समझदारीमा हस्ताक्षर गरेका हुन्।

भ्रमणको क्रममा नेपाल र कतारबीच सुरक्षा समन्वय सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

प्रहरी महानिरीक्षक खनाल उक्त प्रतिनिधि मण्डलको सदस्यको रुपमा कात्तिक १२ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version