काठमाडौँ: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वबिद्यालयका प्राध्यापकलाई सामाजिक संजाल र मोबाइल फोन प्रयोगमा अंकुश लगाएको छ।

मन्त्रिस्तरीय निर्णयबाट स्वीकृत ‘सामाजिक संजाल र मोबाइल फोन संचालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन २०७५’ मार्फत मन्त्रालयले फेसबुक, ट्विटर, इमो, भाइबरजस्ता सामाजिक संजाल आफूखुसी प्रयोग गर्न रोक लगाएको हो ।

कार्तिक १३ गते स्वीकृत ६ बुंदे मार्गनिर्देशन तत्काल लागुन हुने भनिएको छ, जसमा कार्यालयको खर्चमा भ्रमण गर्ने व्यक्तिले व्यक्तिगत रुपमा खिचिएको धार्मिक स्थल, बाटो, तालतलैया वा भ्रमण गरिएका स्थानको तस्बिरसमेत सामाजिक संजालमा राखन नपाइने उल्लेख छ।

त्यस्तै, कुन पनि कार्यालय संचालन भइरहेको अवस्थामा सहभागीले मोबाइल फोन प्रयोग गरी अनावश्यक फोटो खिच्न नपाइने भनिएको छ।
यस्तो निर्णयबारे विज्ञ भन्छन्, यो त फौजदारी शैली भयो।

यो समाचार आज सुदिप कैनीले कान्तिपुर दैनिकमा लेखेका छन्

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version