भक्तपुर: नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विद्यालयहरू क्रान्तिको बारूदखाना भएको बताएका छन्।

तीनदिने नेपाल क्रान्तिकारी शिक्षक सङ्घको तेस्रो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले विद्यालयहरू क्रान्तिको बारूदखाना भएकाले देश र राष्ट्रियताको पक्षमा विद्यार्थीलाई सैद्धान्तिकरूपले तयारी गर्नुपर्ने बताए।

बिजुक्छेले शिक्षकले हरेक दिन विद्यार्थीलाई पाठ्यपुस्तक बाहेक देशभक्तिपूर्ण भावना जगाउने र विस्तारवाद एवं साम्राज्यवादको विरोधमा सचेत गराउनु पर्छ, पाठ्यपुस्तकमा भएका हरेक विषयवस्तुलाई माक्र्सवादी आँखाबाट केलाई सही ज्ञान विद्यार्थीलाई दिन शिक्षक अग्रसर हुनुपर्छ भने ।

कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभा सांसद प्रेम सुवालले संविधानमा विद्यालय शिक्षा निःशुल्क र अनिवार्य गरे पनि निजी विद्यालयलाई यथावत् राखेर जनतालाई धोका दिएको आरोप लगाए।

सो अवसरमा प्रदेश नं. ३ का सांसद सुरेन्द्रराज गोसाईँ, अर्का सांसद सृजना सैंजु, नेक्राशि सङ्घका केन्द्रीय संयोजक ज्ञानसागर प्रजापतिलगायतले विद्यालय शिक्षा निःशुल्क हुनुपर्नेमा जोड दिए।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version