अर्घाखाँची: खोलामा उच्छृंखल गतिविधिमा संलग्न रहेको पाइएपछि २५ देशका ३७ विदेशी महिला र पुरुषलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला बाहिर पठाएको छ ।

शीतगंगा नगरपालिका ६, सिद्धाराको गोवाङ र बुच्ची खोलामा नाङ्गै भएर उनीहरु आपसमा अश्लील गतिविधिमा संलग्न थिए ।

गाउँलेले हेर्नै नमिल्ने गरी खुला स्थानमा उच्छृंखल गतिविधि गरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । आजको कान्तिपुरको पृष्ठ १३ मा समाचार छापिएको छ ।
स्थानीय प्रशासनको अनुमतिबिना केही दिनदेखि टेन्ट नै टाँगेर विदेशीहरु त्यहाँ बसेका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version