काभे्रपलाञ्चोक: काभे्रपलाञ्चोकको कोशीपारीस्थित चौरी देउराली गाउँपालिका–८ मानपुरे डाँडामा गए राति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य तीन गम्भीर घाइते भएका छन् ।

काभे्रपलाञ्चोकको बिर्ता देउरालीबाट फलाँटेतर्फ आउँदै गरेको ना१क ९५२४ नं को खाली ट्रक अनियन्त्रित भई सडकबाट करीब १०० फिट तल खस्दा भुम्लु गाउँपालिका–६ का २९ वर्षीय सरोज पहरी र १९ वर्षीय सुमन पहरीको धुलिखेल अस्पतालमा उपचारका क्रममा गए राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए।

दुर्घटनामा भुम्लु गाउँपालिका–६ का ट्रकचालक ३० वर्षीय सरोज पहरी, २९ वर्षीय विष्णु पहरी, ३५ वर्षीय नीरबहादुर पहरी गम्भीर घाइते भएका छन् । उनीहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version