काठमाडौँ: साताको पहिलो कारोवारको दिनमै पूँजी बजारमा दोहोरो अंकको गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से आइतबार १३ दशमलब ७० अंकले घटेर एक हजार २०७ दशमलब २८ अंकमा झरेको छ।
‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २ दशमलब ८६ अंकले घटेर २५६ दशमलब ८१ अंकमा कायम भएको छ ।
आजको कारोबारमा अन्य बहेको सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ
सबै भन्दाबढी जीवन बीमा ८७ दशमलब ५२ अंक, निर्जीवन बीमा ६५ दशमलब ३९ अंक र बाणिज्य बैंक १७ दशमलब १९ अंकले घटेको छ ।
उत्पादन मूलक समूहको परिसूचक १५ दशमलब २३ अंक र जलबिधुत ११ दशमलब ८३ अंकले घटेको छ ।
यधपीअन्य समूहको परिसूचक ४ दशमलब २३ अंकले बढेको छ ।
नेप्से परिसूचकमा गिरावट आएपनि कारोवार रकममा भने सुधार आएको छ ।
नेपाल स्टक एक्सचेन्जमा १५४ कम्पनीहरुको कारोवार भएको छ । जस अनुसार ३ हजार ६४२ कारोबारबाट ५६ करोड ४७ लाख ८७ हजार ७३६ रुपैयाँ बराबरका २७ लाख २९ हजार १३० कित्ता सेयरहरु खरिद बिक्री भएको नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ ।
