काठमाडौँ: नेपाल संवत् आन्दोलनका प्रणेता एवं आदिवासी जनजाति आन्दोलन र मानव अधिकार आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको असामयिक निधनका कारण नेपाल संवत् ११३९ नयाँ वर्षको उपलक्ष्यमा आयोजना गरिने सम्पूर्ण कार्यक्रमहरू स्थगन गरिएको छ । दिवङ्गत तुलाधरप्रति सम्मान अर्पण गर्न कार्यक्रमहरु स्थगन गरिएको हो ।

आज नेसं ११३८ कौलागा १४ (कात्तिक २० गते) मङ्गलबार बसेको नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिको बैठकले उक्त निर्णय गरेको हो ।
हरेक वर्ष झैँ यस वर्ष पनि नेपाल संवत् ११३९ नयाँ वर्षको उपलक्ष्यमा यही नेसं ११३९ कछलाथ्व पारु (कात्तिक २२ गते) काठमाडौंको बसन्तपुरमा मूल समारोह आयोजना गर्ने कार्यक्रम तय भइसकेको थियो । सोही दिन आयोजना गरिने अन्य स्थानका कार्यक्रमहरू पनि स्थगन गरिएको छ ।
स्थगित कार्यक्रमहरू दिवङ्गत तुलाधरको १३ दिने पूण्यतिथि पछि अनुकूल दिनहरूमा आयोजना गर्ने निर्णय पनि बैठकले गरेको नेवाः जागरण मञ्चका संयोजक सुजीब बज्राचार्यले जानकारी दिएका छन्।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version