काठमाडौं: नेपाल प्रहरीमा कुकुर सेवाको सुरुवात भएको स्वर्णजयन्तीको अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा केन्द्रीय प्रहरी कुकुर तालिम स्कुल महाराजगंजमा मंगलबार बिशेष कार्यक्रमको आयोजना गरिएको छ।

समारोहमा प्रहरी महानिरीक्षक खनालले सोही स्कुलको प्राङगणमा निर्मित कुकुर स्मारकको उदघाटन, कुकुरको प्रतिमा अनावरण तथा माल्यार्पण गरे।

नेपाल प्रहरीमा अपराध अनुसन्धान, नियन्त्रण तथा रोकथाम, सुरक्षा लगायतका कार्यमा कुकुर सेवाले पुर्या्एको योगदानलाई विश्वभर फैलाउने उद्देश्य स्वरुप राकुटेन भाइबर एप्लिकेसन नेपाल ब्रान्चद्वारा ‘नेपाल पुलिस डग स्ट्राइकर प्याक’ को प्रहरी महानिरीक्षक खनालले आरम्भ समेत गरे।

समारोहमा प्रहरी महानिरीक्षक खनालले यमपञ्चकको दोस्रो दिन कुकुर पूजाको आरम्भ गर्नुको साथै वर्षको उत्कृष्ट डग ह्याण्डलर प्रहरी जवान दिपेश रानाभाट र गार्ड प्रतियोगितामा उत्कृष्ट डग जङगेलाई मेडल तथा पुरस्कार वितरण गरे।

प्रहरी महानिरीक्षक खनालले समाजमा शान्ति स्थापना, अपराध अनुसन्धान, नियन्त्रण तथा रोकथामको साथै विशिष्ट व्यक्तिहरुको गतिविधिमा कुकुर सेवाले पुर्याएको योगदानको चर्चा गरे।

कुकुर स्कुललाई समयसापेक्ष स्तरोन्नतिका लागि अग्रजहरुले पुर्यालएको योगदानको प्रशंसा गर्दै उनले स्कुलको विकास सँगसँगै दक्ष जनशक्ति समेत तयार बनाउँदै लगिने बताएका छन् ।

कुकुरले पुर्यारउने सेवामा पूर्णता प्राप्त गर्न प्रहरीको समेत दक्षता आवश्यक पर्ने बताउँदै प्रहरी महानिरीक्षक खनालले स्कुलमा कार्यरत प्रहरी कर्मचारीहरुले डग ह्याण्डलिङमा विशेष दक्ष हुनुपर्ने बताएका हुन्।

स्कुलको पूर्वाधार विकासका साथै स्कुलले पुर्यााउने सेवालाई अझ बढी चुस्त र व्यावसायिक बनाउन संगठन सदैव ढृढ संकल्पित रहेको उनले बताए।

उक्त अवसरमा केन्द्रीय प्रहरी कुकुर तालिम स्कुलका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै स्कुलको गतिविधि सम्बन्धी प्रतिवेदन समेत प्रस्तुत गरेकी थिइन्।

कार्यक्रममा स्कुलमा रहेका डगहरुबाट गार्ड कम्पिटिसन, बाधापार, ट्रयाकर डगको काम तथा लागूऔषध डगको काम सहितको प्रदर्शनी भएको थियो ।

यस वर्षको उत्कृष्ट डगमा ४ नम्बर प्रदेश प्रहरी कार्यालय, कुकुर शाखा पोखरामा सेवारत जर्मन शेफर्ड जातको “कुशल” नामको कुकुर रहेको उक्त अवसरमा जानकारी गराइयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु, संचारकर्मी लगायत प्रहरी अधिकृत तथा जवानहरुको समेत उपस्थिति रहेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version