बेत्रावती: जिल्ला प्रशासन कार्यालय नुवाकोटले क्लोज सर्किट टेलिभिजन (सिसिटिभी) क्यामरा जडान गर्न अनुमति लिनुपर्ने व्यवस्था अनिर्वाय गरेको छ ।

गृह मन्त्रालयले जारी गरेको परिपत्रका आधारमा प्रशासन कार्यालयले सूचना जारी गर्दै सार्वजनिक, व्यापारिक र निजी प्रयोजनमा जडान हुने सिसिटिभी क्यामराको वर्गीकरण गरी अनुमति लिएर मात्र प्रयोगमा ल्याउन आग्रह गरेको हो ।

यसअघि सञ्चालनमा रहेका र अबदेखि जडान गर्न लागिएका सिसिटिभी क्यामराका लागि तोकिएको ढाँचामा दिएको आवदेनका आधारमा प्रशासन कार्यालयले अनुमति उपलब्ध गराएपछि मात्र क्यामरा जडान गर्न पाइने प्रशासकीय अधिकृत नन्दलाल शर्माले जानकारी दिए ।

उहाँको अनुसार सिसिटिभी क्यामरा जडानले सुरक्षाका लागि सहजता, अपराध नियन्त्रण, सबुद प्रमाण जुटाउन सहज हुने भए पनि दुरुपयोगसमेत बढ्दै गएकाले त्यसलाई रोक्न ‘सिसिटिभी क्यामरा जडान तथा सञ्चालनसम्बन्धी कार्यविधि २०७२’ अनुसार नियमन र व्यवस्थित गराउन अनुमति लिएर मात्र सञ्चालन गर्नुपर्ने व्यवस्था बाध्यकारी बनाइएको हो ।

यसअघि क्यामरा जडान गरिसकेकाले समेत अबको १५ दिनभित्र अनुमति लिन आग्रह गरिएको छ । यसअघि सञ्चालनमा रहेकालाई तोकिएको अवधिभित्र अनुमति लिन तथा अबदेखि जडान गर्ने क्यामराले प्रक्रिया पूरा नगरी सञ्चालन गरेमा कारवाही गर्न बाध्य हुने प्रशासन कार्यालयले जनाएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version