भक्तपुर: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताएका छन्।

दीपावली, नेपाल संवत् २०३९ तथा छठ पर्वको अवसरमा आज नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना आदानप्रदान एवं जय नेपाल स्मारिका विमोचन कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले भने, “नेपाली काङ्ग्रेसमा आपसी मेलमिलाप हुन नसक्दा र पार्टीभित्रको आन्तरिक झगडाका कारण चुनावमा हार व्यहोर्नुप¥यो, आन्तरिक झगडा नभएको भए चुनाव जितिन्थ्यो ।”

काङ्ग्रेस एक अर्कालाई हराउने खेलमा लाग्दा व्यक्तिलाई मात्रै नभई सिङ्गो पार्टीले हार व्यहोनुर््परेको उल्लेख गर्दै उनले काङ्ग्रेसभित्र पार्टीले जसलाई टिकट दिए पनि जिताउनुपर्छ भन्ने संस्कार बसाल्नु अति आवश्यक रहेको बताए ।

सभापति देउवाले चुनावमा भएको हारबाट नेपाली काङ्ग्रेसले धेरै ठूलो पाठ सिक्नुपर्ने चर्चा गर्दै हारबाट हतोत्साही र निरशा नभई अबको चुनाव जितमा परिणत गर्नुपर्नेमा जोड दिए।

सो अवसरमा उनले जय नेपाल स्मारिकाको विमोचन गर्नुका साथै काङ्ग्रेसका नेताद्वय राजनकाजी त्वाती र पवन भुजुलाई सम्मान गरे ।

नेपाली काङ्ग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापा, जिल्ला सचिव उद्धव सिलवाल, जिल्ला सचिव निशान ढुङ्गेल, क्षेत्र नं १ का सभापति जीवन खत्री, क्षेत्र नं २ का सभापति नारायण खायमाली, तरुण दलका जिल्ला अध्यक्ष राजु थापालगायतले नेपाली काङ्ग्रेसलाई साङ्गठनिक रूपमा एकताबद्ध बनाएर लैजानुपर्ने आजको आवश्यकता रहेको बताए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version