काठमाडौँ: महालक्ष्मी विकास बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली स्वरुप जीवन तथा निर्जीवनको बीमा सेवा दिने अभिप्रायले सूर्य लाइफ इन्स्योरेन्स कम्पनीसंग बैंकासुरेन्स सम्बन्धी सम्झौता गरेको छ ।

यसै सन्दर्भमा महालक्ष्मी विकास बैँकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछाने र सूर्य लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले बैंकको प्रधान कार्यालय दरबारमार्गमा आयोजित एक समारोहका बीच बैंकासुरेन्सको
सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ग्राहकहरुले महालक्ष्मी विकास बैंक लि. बाट उक्त कम्पनीको जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण जीवन बीमा सेवा प्राप्त गर्न सक्नु हुनेछ ।

महालक्ष्मी विकास बैंक लि. को चुक्ता पुँजी २ अर्ब ८४ करोड रुपैयाँ रहको छ भने बैंकले हालसम्म २६ अर्ब ५६ करोड निक्षेप संकलन गरी २३ अर्ब ८३ करोड कर्जा प्रवाह गरेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version