काठमाडौँ :नेपाल राष्ट्र बैंकले ७ अर्ब ७८ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रिय बैंकले २८ दिने अवधिको तीन अर्ब २५ करोड, ९१ दिने अवधिको २ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी बिल र १८२ दिने अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री आज जारी गर्न लागेको हो ।
जम्मा ७ अर्ब ७८ करोड रुपैयाँ बराबरको उक्त ट्रेजरी बिल खरिदका लागि आज सोमबार अपरान्ह २ बजेसम्म आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।
डिसकाउन्ट दर १५ प्रतिशत रहेको उक्त ट्रेजरी बिलको आम्दानीमा कर लाग्ने छ ।
२८ दिने अवधिको ट्रेजरी बिल मंसिर २५ गते, ९१ दिने अवधिको ट्रेजरी बिल माघ १५ गते र २८२ दिने अवधिको ट्रेजरी बिल २०७६ बैशाख ३१ गते परिपक्व हुनेछ ।
