काठमाडौँ: पूँजी बजारको गिरावट सोमबार पनि जारी रह्यो । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलब ०३ अंकले घटेर एक हजार एक सय ९२ दशमलब ७५ अंकमा झरेको छ । शेयर कारोवारमा अनलाइन प्रणाली लागू भएपनि समस्या आउँदा र निरन्तर नेप्से ओरालो लाग्दा लगानीकर्ता निराश भएका छन् ।

आइतबार नेप्से १७ दशमलब ३१ अंकले घटेको थियो ।

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ६६ अंकले घटेर २५३ दशमलव ४२ अंकमा पुगेको छ ।

आजको कारोवारमा बित्त बाहेक सबै समूहको परिसूचकमा भारी गिरावट आएको छ । निर्जीवन बीमा समूहको परिसूचक १०१ दशमलब ६१ अंक, जीवन बीमा ९१ दशमलब ९१ अंक र बाणिज्य बैंक समूह १० अंकले घटेको छ ।
त्यसैगरी, होटल ११ दशमलब २१ अंक, जलबिधुत १८ दशमलब ७४ अंक र लघुवित्त २२ दशमलब ९८ अंकले घटेको छ ।

यधपी बित्त समूहको परिसूचक शुन्य दशमलब ४२ अंकले बढेको छ ।

आज कूल १३१ कम्पनीको ४ लाख ४३ हजार ३५५ कित्ता शेयर १३ करोड ३७ लाख ७९ हजार ७९६ मूल्यमा खरीद बिक्री भएको हो ।

आइतबार कूल १२५ कम्पनीको ३ लाख १४ हजार २९७ कित्ता शेयर ९ करोड ९४ लाख ५१ हजार ०४ मूल्यमा खरीद बिक्री भएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version