काठमाडौँ: स्वारोजगार लघुवित्त वित्तीय संस्थाको ११ हजार १२९ कित्ता शेयर लिलामी खुला भएको छ । कम्पनीले सर्वसाधारण समूहको सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।
लगानीकर्ताले लिलामी भर्दा बजार भाउलाई पनि ख्याल गर्नुपर्छ । यही आधारमा लिलामीमा भाउ तोक्नुपर्नेछ ।
यसमा आवेदन दिने अन्तिम म्याद मंसिर ४ गतेसम्म छ । कम्पनीले यसअघि साउन १३ देखि भदौ १७ गतेसम्म १ः१ अनुपातमा १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यसबेला बिक्न बाँकी रहेको हकप्रद सेयर अहिले लिलामी प्रणालीबाट बेच्न लागिएको हो ।
बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट पनि लिलामी भर्न सकिनेछ ।
