विराटनगर: विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ को चालू तीन महीनामा कूल १० अर्ब पाँच करोड २८ लाख ३४ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

सो अवधिमा कार्यालयले नौ अर्ब ३५ करोड ७० लाख २२ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ६९ करोड ५८ लाख १२ हजार रुपैयाँ राजश्व सङ्कलन भएको भन्सार प्रमुख निमांस अधिकारीले जानकारी दिए ।

सङ्कलित राजश्वमा भन्सार महशुल चार अर्ब १३ करोड ५८ लाख ५० हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर पाँच अर्ब २२ करोड ३८ लाख ३९ हजार रुपैयाँ र अन्तःशुल्क ६९ करोड ३१ लाख ४५ हजार रुपैयाँ छन् ।

चालू आवको साउन, भदौ र असोज महीनामा भन्सार महशुल रु चार अर्ब दुई करोड ७६ लाख ९७ हजार, मूल्य अभिवृद्धि कर रु तीन अर्ब ९६ करोड सात लाख ५८ हजार र अन्तःशुल्क रु एक अर्ब ३६ करोड ८५ लाख ६७ हजार सङ्कलन गर्ने लक्ष्य रहेकामा भन्सार महशुल रु चार अर्ब १३ करोड ६८ लाख ५० हजार, मूल्य अभिवृद्धि कर रु पाँच अर्ब २२ करोड ३८ लाख ३९ हजार र अन्तःशुल्क रु ६९ करोड ३१ लाख ४५ हजार राजश्व सङ्कलन भएको भन्सार प्रमुख अधिकारीले जानकारी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version