विराटनगर: नेकपाका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको विराटनगरमा आगामी मङ्सिर १ गते नागरिक अभिनन्दन हुने भएको छ । देशको आर्थिक, सामाजिक र राजनीतिक आन्दोलनका अग्रणी व्यक्तित्व ८३ वर्षीय अधिकारीको स्थानीय वीरेन्द्र सभागृहमा अभिनन्द गरिने भरतमोहन अधिकारी नागरिक अभिनन्दन समारोह समिति–२०७५ का अध्यक्ष डा भेषप्रसाद धमलाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा ज्येष्ठ नागरिकका क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तित्वमध्ये एकजनालाई अभिनन्दन गर्ने उद्देश्यले एलिट क्लब विराटनगरमा केही सङ्घसंस्थाका निष्कर्षका साथ यस वर्ष एलिट क्लबका पूर्वमहासचिव अधिकारीलाई सम्मान गरेर कार्यक्रमको थालनी गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यही भेलाले एलिट क्लबका अध्यक्ष डा धमलाको अध्यक्षतामा ३०१ सदस्यीय मूल समारोह समिति बनेको छ । कार्यक्रमलाई व्यवस्थित गर्न ३८ सदस्यीय कार्यसम्पादन समिति, सल्लाहकार समितिमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रचारप्रसार उपसमितिमा डिल्ली पोखरेल, अभिनन्दन तथा प्रकाशन उपसमितिमा कविराज न्यौपाने, जनपरिचालन उपसमितिमा रमेशचन्द्र पौडेल, मञ्च व्यवस्थापन उपसमितिमा भीम घिमिरे, स्वास्थ्य उपसमितिमा सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख मधुसुदन कोइराला संयोजक रहेको विज्ञप्तिमा उल्लेख छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version