काठमाडौँ: पूँजी बजारमा आज सामान्य अंकको सुधार आएको छ । मंगलबार दोहोरो अंकको सुधार आएको नेप्सेमा आज सामान्य अंकको सुधार आएको हो । आज नेप्से परिसूचक शुन्य दशमलब ९८ अंकले बढेर एक हजार २०८ दशमलब ५६ अंकमा पुगेको छ ।

मंगलबार नेप्से १३ दशमलब ९७ अंकले बढेको थियो ।

आजको कारोवारमा बाणिज्य बैंक, विकास बैंक र निर्जीवन बीमा समूहले नेप्सेलाई हरियो रंग दिन सफल भएका छन् । निर्जीवन बीमा
३३ दशमलब ४९ अंकले, बाणिज्य बैंक २ दशमलब ७८ अंक र विकास बैंक ३ दशमलब ५ अंकले बढेको छ ।

यधपी जीवन बीमा ४४ दशमलब ३९ अंक, होटल ७ दशमलब ९६ अंक र लघुवित्त २ दशमलब १५ अंकले घटेको छ ।

आज कूल १४४ कम्पनीको ७ लाख ८५ हजार ९९३ कित्ता शेयर १७ करोड ८३ लाख ८० हजार ९३७ मूल्यमा खरीद बिक्री भएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version