काठमाडौँ: एनएमबि बैंकले आ.व. २०७५/७६ को पहिलो त्रैमासमा ५५ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

बैंकले प्रकाशित गरेको आ.व. २०७५/७६ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार हाल बैंकको निक्षेप ८५ अर्ब ८३ करोड पुगेको छ भने कर्जा ८२ अर्ब ७८ करोड पुगेको छ ।

उपरोक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिको तुलनामा निक्षेपमा १३ अर्ब ८ करोड तथा कर्जामा १९ अर्ब ३ करोड बृद्धि भएको छ भने यस त्रैमासमा बचत निक्षेपमा २ अर्ब २४ करोडले बृद्धि भएको छ ।

एनएमबि बैंकले विदेशी संस्था आइएफसीबाट अमेरीकी डलर १ करोड ५० लाखको कर्जा लिन सफल हुने पहिलो र हालसम्मकै एकमात्र बैंक भएको छ ।

उपरोक्त उपलब्धीहरुबाट बैैंकले प्रति शेयर आम्दानी २६.६४ रुपैयाँ र प्रति शेयर नेटवर्थ १९९.७५ रुपैयाँ कायम राख्न सफल भएको छ ।

हाल एनएमबि बैंकको ११० वटा शाखा, ४ वटा एक्सटेन्सन काउण्टर र ९७ वटा एटिएमहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version