काठमाडौँ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले जतिसक्दो चाँडो संविधान संशोधन गरेर मधेशी, दलित महिला तथा उत्पीडनमा पारिएको समुदायको अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ ।

रिपोर्टर्स क्लब नेपालद्वारा यहाँ आज आयोजित साक्षत्कार राजपाका महामन्त्री केशव झाले संविधान जारी भएलगत्तै उठाउँदै आएको संविधान संशोधनको माग सम्बोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिए ।

महामन्त्री झाले भने, “सरकार गठन भएको नौ महीना भइसकेको छ, हामीले दशैँअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने जानकारी गराएका थियौँ, उनले दशैँको टीका अगाडि नै संविधान संशोधन प्रक्रिया अघि बढाउँछु भने पनि अहिलेसम्म हुन सकेको छैन ।”

सिङ्गो मधेशका समुदाय आक्रोशित भएको समयमा पनि राजपाले सरकारलाई समर्थन गरेको स्मरण गर्दै उनले अब एक हप्ताभित्रमा संविधान संशोधन प्रक्रिया अगाडि नबढाए आफूहरु समर्थन फिर्ता लिएर मधेशमा सङ्घर्ष गर्ने चेतावनी दिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version