काठमाडौं: ८० बर्ष पुरानो सुत्रमै उत्पदान हुँदै आएका एन्टिबायोटिक विषका रुपमा विकास भएको भन्दै विश्वव्यापी प्रश्न उठ्न थालेको छ ।

एन्टिबायोटिकको गलत प्रयोगले मानव स्वास्थ्यमा झनै खतरा बढाएकोमा विश्व समुदाय चिन्तित् बनेको छ ।

सन् १९९५ यता एन्टिबायोटिकको कुशल क्षमतामा ह्रास आएको चिकित्सकहरुले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले नै एन्टिबायोटिकले महामारीको रुप लिएको भन्दै सार्वजनिक रुपमै आमनागरिकलाई सचेत गराएको छ ।

मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरेर विश्वव्यापी अध्ययनले नै एन्टिबायोटिकलाई जीवाणुले जित्न थालेको पुष्टि गरेकाले चुनौती थपिएको बताएको हो ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version