काठमाडौंको भृकुटीमण्डपमा ‘बिल्डिङ एन्ड कन्स्ट्रक्सन एक्स्पो’ सुरु भएको छ।

भूकम्प प्रतिरोधी भवन निर्माणका लागि जनचेतना जगाउने उद्देश्यका साथ सो एक्स्पो आयोजना गरिएको हो। बिहीबारबाट सुरु भएको सो एक्स्पो ५ दिनसम्म चल्नेछ।

सुरक्षित र दिगो भवन निर्माणका लागि आवश्यक सम्पूर्ण प्रविधिबारे जानकारी दिने मूल उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको युथ कम्युनिटी फर नेपलिज कन्ट्रयाक्टर्सका निवर्तमान अध्यक्ष विरेन्द्रराज पाण्डेले जानकारी दिए। ६० वटा भन्दा बढि स्टल रहेको एक्स्पोमा भूकम्प प्रतिरोधि भवन निर्माणका लागि आवश्यक सामग्रीहरु पनि राखिएको छ।

एक्पो २ लाख बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ्। २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पले ठूलो जनधनको क्षति गरेपछि नेपालमा भूकम्प प्रतिरोधि भवन निर्माणका लागि भवन निर्माण सम्बन्धि एक्स्पो पनि आयोजना गर्न सुरु गरिएको हो।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version