भक्तपुर: प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले नेपाल मजदूर किसान पार्टीका नेताहरु विकास विरोधी भएको आरोप लगाउनुभएको छ ।

आज भक्तपुरमा एभरेस्ट मिसन डट कमको दोस्रो वार्षिकोत्सव एवं सम्मान कार्यक्रममा उहाँले भन्नुभयो, “त्रिभुवन विश्वविद्यालय खरिपाटीमा राख्न खोज्दा विरोध गर्दा कीर्तिपुर गयो, काठमाडौँ विश्वविद्यालय चाँगुनाराणमा राख्न खोज्दा धुलिखेल गयो, भक्तपुरमा आउन लागेको अस्पतालको पनि त्यसैगरी विरोध भयो, ३ नं प्रदेशको अस्थायी राजधानी भक्तपुरमा राख्न खोज्दा पनि विरोध ग¥यो, अहिले अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्न लाग्दा पनि नेमकिपाले बिरोध गर्दैछ, नेमकिपा भक्तपुरको विकासमा बाधक बन्दै आएको छ ।”

सांसद एवं पूर्वमन्त्री बस्नेतले प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष एवं आमसञ्चार डटकमका सम्पादक एवं सूर्यविनायक नगरपालिका–९ का वडाध्यक्ष उपेन्द्र केसी, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य सोम शर्मा (बजगाईं), नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी र एभरेस्ट मिसन डटकमकी व्यवस्थापन एवं राससकी फोटोग्राफर भगवती थापा क्षेत्रीलाई एभरेस्ट मिसन डटकमलाई पु¥याएको योगदानको कदर गर्दै सम्मान गर्नुभयो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य मैना भण्डारीले देशको विकासलाई अगाडि बढाउने गरी विकास पत्रकारिता गर्नुपर्नेमा जोड दिँदै सञ्चारमाध्यम निष्पक्ष भएर जान नसकेको गुनासो गर्नुभयो । कार्यक्रममा नेकपा भक्तपुरका अध्यक्ष वचन देउजाले सञ्चारमाध्यम निष्पक्ष भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा युवा सङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष किरण पौडेल, नेकपाका गण्डकी प्रदेश सदस्य राजीव पहरी, अखिल क्रान्तिकारीका रञ्जित तामाङ, पत्रकार बबिता बस्नेत, सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेत, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यद्वय सोम शर्मा (बजगाईं), नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष पुष्करराज बुढाथोकी, हनुमन्ते सफाइ अभियानका अभियन्ता रुद्र पौडेल, पत्रकार इन्द्रबहादुर रिजाल, मानव कल्याण सेवा घरकी सञ्चालिका सुुमित्रा चौलागाई लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
–––

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version