काठमाडौँ: केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोले क्यानडालगात विभिन्न देशमा रोजगारी र तथा शिक्षालागी भन्दै विदेश पथौन सहयोग गर्ने अवैध कन्सल्ट्यान्सी तथा संस्थारुमा कडा निगरानी बढाएको जनाएको छ।

पछिल्लो पटक शैक्षिक क्षेत्रमा समेत कन्सल्ट्यान्सीबाट विभिन्न देश पुगेर त्यहाँ पुगेर ठगिएको घटनाका उजुरी आउन थालेपछि प्रहरी निगरानी र प्रत्यक्ष उजुरी परेका त्यस्ता कन्सल्ट्यान्सीहरुमा छापा मार्न शुरु गरेको जनाएको हो।

शिक्षा मन्त्रलायबाट सम्बन्धन समेत नलिई संचलान भैरहेका कतिपय त्यस्ता संस्थारुमा पनि बढी प्रहरीको निगरानी पछिल्लो पटक बढेको प्रहरी नायव उपरीक्षक राजकुमार सिलवालले बताए।

शुक्रबारमात्रै प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरो (सीआईवी) ले एक शैक्षिक संस्थामा पुगेर क्यानडा पठाई दिन्छु भन्दै ठगि गर्ने एक महिला संचालकलाई पुतलीसडकबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुर, बकैया गापा–९ की सुनिता तिवारी बाइवा रहेको छ । क्यानडामा आकर्षक रोजगारीको प्रलोभनमा पारी नक्कली कागजातसमेत बनाई दिएर भारतसम्म पु¥याई पीडितबाट प्रतिव्यक्ति रु सात लाखदेखि १२ लाखसम्म रकम लिई मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

बाइवालाई आजै जिल्ला अदालत काठमाडौँबाट म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

शिक्षा मन्त्रालयबाट समेत स्वीकृति नलिई काठमाडाँैको पुतलीसडकमा कार्यालय खोलेर विदेशमा अध्ययन गर्न जान चाहने युवा विद्यार्थीलाई लक्षित गरी विभिन्न पत्रपत्रिकामा विज्ञापन दिने र पीडित सम्पर्कमा आएपश्चात् नेपालबाट भारतको नयाँदिल्लीलगायतका विभिन्न स्थानमा पु¥याई महीनौँसम्म राखेर शोषण गरी पीडितलाई अलपत्र पारी सम्पर्कविहीन हुने गरेको अनुसन्धानबाट खुलेको ब्यूरोका प्रहरी नायब उपरीक्षक राजकुमार सिलवालले जानकारी दिए।

त्यस क्षेत्रमा रहेका कन्सल्ट्यान्सीहरुमाथि उजुरी पर्न थालेपछि प्रहरीले अहिले प्रायजसो छापा मार्न थालेको छ भने यसले गर्दा अवैध तरिकाले संचालित त्यस्ता कन्सल्ट्यान्सीको भागाभाग नै चलेको छ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version