काठमाडौँ: राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष राज कंडेलले नेपालको समृद्दी र बिकासको लागि नीजि क्षेत्रसंगको सहकार्य र साझेदारिता समृद्दीको यात्रामा सुरु देखि अन्त्य सम्म हुनुपर्ने बताएका छन् कुरा उल्लेख गर्नुभएको छ ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलसंग भाबि योजनाबारे छलफल गर्दै उनले सो कुरा बताएका छन् ।
नेपालको बिकासबारे नीजि क्षेत्रको धारणा लिने क्रममा उनले भने, “नीतिगत, योजनागत र कार्यन्वयन लगाएत सबै तहमा हुने नीजि क्षेत्रसंगको सहकार्यले सार्थक परीणाम निस्कन्छ ।“
सोहि क्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नेपालको बिकासको लागि लगानी प्रधान कुरा भएको र स्वदेशी पूंजीको उचित परिचालनको लागि स्वदेशी लगानीकर्ताको मर्म बुझ्न जरुरि रहेको कुरा बताए ।
बैदेशिक लगानी मात्रै भनेर हिडीरहदा स्वदेशी लगानीकर्ताहरु निरुत्साहित भएको अवस्थामा अन्तर–मन्त्रालय सहकार्यको जटिल ’मोड्यालिटी’को मारमा नीजि क्षेत्र परिरहेको कुरा समेत उहाँले उल्लेख गरे । अन्तर–मन्त्रालय सम्बन्धि ऐन–कानुनहरु व्यवसायी–मैत्री हुनुपर्ने र यसो हुदा मात्र समृद्दिको गति तिब्र बन्ने उनको धारणा थियो ।
नेपालको समृद्दी र बिकासको लागि योजना आयोग बन्ने तर बनेका योजनाहरु कार्यान्वयन भए–नभएको अनुगमन गर्न अर्को योजना आयोग बन्नुपर्ने अवस्था आउन दिन नहुने कुरामा समेत उनले जोड दिए ।
उक्त छलफल कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष द्वय नरेश श्रेष्ठ र महेन्द्रमान श्रेष्ठ, कार्यसमिति सदस्यहरु रण बहादुर श्रेष्ठ, डा. अन्जान शाक्य, भिमलाल पौडेल, दिपक श्रेष्ठ लगायत नेपाल चेम्बर अफ कमर्सका प्रमुख कार्यकारी अधिकृत कैलाश कुमार बजिमयको पनि उपस्थिति थियो ।
