काठमाडौँ: माथिल्लो तामाकोशी जलविद्युतले जारी गरेको साधारण सेयर (आईपीओ ) आज मंगलबार बाँडफाँट हुने भएको छ ।

कम्पनीको आईपीओ मंगलबार मध्याह्न ३ बजे राजधानीको बिजुलीबजारस्थित एक ब्यांक्वेटमा बाँडफाँट गरिने आयोजनाका प्रवक्ता गणेशप्रसाद न्यौपानेले जानकारी दिए ।

आयोजनाले यसअघि नै पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि सेयर जारी गरेको थियो ।

आयोजनाले सर्वसाधारणका लागि जारी गरेको साधारण सेयरमा माग गरिएभन्दा ४ गुणा बढी आवेदन परेको छ । आईपीओका लागि आवेदन सदर भएकाले कम्तीमा ४० कित्ता र अधिकतम् ५० कित्तासम्म पाउने सम्भावना रहेको आयोजनाले बताएको छ ।

४ सय ५६ मेगावाट क्षमताको यस आयोजनाको आईपीओका लागि पहिलो चरणमा आवेदन दिइसकेकाको दोस्रो चरणमा दिएको आवेदन रद्द गरिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version