काठमाडौँ: केहिदिन देखि निरन्तर ओरालो लागेको शेयर बजारमा आज सामान्य सुधार आएको छ । आज मंगलबार नेप्से परिसूचक एक दशमलब ६१ अंकले बढेर एक हजार १६१ दशमलब ४३ अंकमा पुगेको छ ।
आइतबार नेप्से परिसूचक १४ दशमलब ८२ अंकले र सोमबर ६ दशमलब ३५ अंकले घटेको थियो ।
नेप्से परिसूचक बढेपनि कारोवाररकममा भने साधुर आउन सकेन ।
आजको कारोवारमा सबै भन्दा बढी होटल समूहको परिसूचक १० दशमलब ०८ अंक र जलबिधुत ४ दशमलब ८१ अंकले बढेको छ ।
त्यसैगरी बाणिज्य बैंक २ दशमलब २२ अंक, विकास बैंक ३ दशमलब ८६ अंक र अन्य समूहको परिसूचक २ दशमलब २७ अंकले बढेको छ ।
यधपी, निर्जिबन बीमा समूहको परिसूचक २७ दशमलब ९३ अंक, जीवन बीमा ६ दशमलब ०१ अंक र लघुवित्त समूहको परिसूचक एक दशमलब ४८ अंकले घटेको छ ।
आज कूल १५४ कम्पनीको ७ लाख ८८ हजार १६९ कित्ता शेयर २३ करोड १६ लाख ८२ हजार ९६१ मूल्यमा खरीद बिक्री भएको छ ।
सोमाबर नेप्सेमा कूल १५५ कम्पनीको ९ लाख ९१ हजार ७३० कित्ता शेयर ३० करोड ८४ लाख ९५ हजार ८४ मूल्यमा खरीद बिक्री भएका थिए ।
