काठमाडौं: लामो समयदेखि नेपाली बजारमा लोकप्रिय ज्ञान ब्राण्डका विभिन्न खाद्यपदार्थहरु ज्ञान मैदा, ज्ञान आँटा, ज्ञान भोग चक्की आटा, ज्ञान रहर, मसुर, चना दाल तथा ज्ञान बासमती चामल उत्पादन गर्दै आएको के एल दुगड समूहले हालै ज्ञान कोदोको पिठो बजारमा ल्याएको छ ।
ग्राहकका मौलिक पौष्टिक खाद्यपदार्थको आवश्यकतालाई पूर्ति गर्ने क्रममा दुगड समूहले ज्ञान मल्टीग्रेन्स आटा, ज्ञान मकैको च्याँख्ला तथा ज्ञान मकैको पिठो २ वर्ष अगाडि नै बजारमा ल्याएको थियो । बजारको मागलाई ध्यानमा राख्दै यस समूहले ज्ञान कोदोको पिठो १ केजी प्याकमा बजारमा ल्याएको हो । ज्ञान कोदोको पिठो स्वच्छ तथा गुणस्तरयुक्त भएको कम्पनिको दाबी छ ।

ज्ञान कोदोको पिठो उत्पादनको लागि आफ्नै मिलमा उच्च गुणस्तरयुक्त अत्याधुनिक तथा स्वचालित कारखानामा स्वच्छ वातावरणमा उत्पादन गरिन्छ ।

ज्ञान ब्राण्ड कोदोको पिठो देशका विभिन्न डिपार्टमेन्टल स्टोर तथा रिटेल पसलहरुमा समेत देशभरी नै उपलब्ध छ ।

कोदोको पिठोका केही फाईदाहरु जस्तै — कोदोले पाचन प्रक्रियामा मद्दत पु¥याउँछ र कोदोले कब्जियत हुनबाट बचाउँनुका साथै पेटलाई सफा राख्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्दछ । कोदोमा स्मार्ट कार्ब हुने भएकोले यसमा धेरै फाइबर हुन्छ भने चिनीको मात्रा एकदमै कम हुन्छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version