सोलुखुम्बु: यहाँको महाकुलुङ गाउँपालिका–३ छेस्कामको वडा कार्यालय अधिकांश समय बन्द हुन्छ । वडाको आफ्नै भवन भए पनि महीनौँ महिना कार्यालय बन्द रहने गरेको स्थानीय नागरिकले गुनासो गरेका छन् ।

वडा कार्यालयमा दैनिक कर्मचारी नहुने भएपछि सेवाग्राहीसमेत नआउने गरेको स्थानीय प्रशान्त विश्वकर्माले बताए । उनले भने, “कार्यालयमा जनप्रतिनिधिनै आउँदैनन् अनि कसरी सेवा लिन हामी त्यहाँ जानु ?” वडा कार्यालयबाट प्रदान गरिने हरेक सेवा वडा कार्यालयबाट प्रदान गरिनुपर्ने भए पनि छेस्काममा भने त्यो नभएको स्थानीयको गुनासो छ ।

सेवा लिने सेवाग्राहीले वडाध्यक्षसँग फोन सम्पर्क गर्ने र जहाँ भेटियो त्यही सेवा आदानप्रदान गर्ने गरेको स्थानीय रामबहादुर कुलुङले बताए । उनले भने, “अधिकांश वडाले कर्मचारीनै व्यवस्था गरेर कार्यालयबाट सेवा प्रदान गर्ने गरिएको भए पनि महाकुलुङमा कुनै व्यवस्था(सिस्टम) छैन ।” आफ्नै वडा कार्यालयको भवन भए पनि वडा कार्यालयको सेवा झोलामार्फत प्रदान गरिनु लज्जास्पद भएको स्थानीयको भनाइ छ ।

यता वडाध्यक्ष दिकबहादुर कुलुङले कार्यालय समय नभनीकन सेवा प्रदान गरिरहेको बताए । वडासचिवसमेत स्वास्थ्यका कर्मचारी भएकाले आफूले झोलामार्फतनै वडा कार्यालयको सेवा प्रदान गर्ने गरेको बताए । कार्यालय खुले पनि नखुले पनि सेवा बन्द नभएको वडाध्यक्ष कुलुङले दाबी गरे ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version