काठमाडौँ: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबारसम्म २७ जिल्ला समन्वय समितिलाई स्थायी कर्मचारीको सङ्ख्या विवरण पठाउन निर्देशन दिएको छ ।

कर्मचारी समायोजनका लागि सबै जिल्ला समन्वय समितिले स्थायी कर्मचारीको विवरण पठाए पनि उक्त जिल्लाले विवरण नपठाएपछि आइतबारसम्म पठाउन निर्देशन दिइएको मन्त्रालयका स्थानीय तह समन्वय शाखाका अधिकृत जनकराज शर्माले जानकारी दिए ।

मन्त्रालयले सबै समन्वय समितिबाट विवरण सङ्कलन गरेर कर्मचारी समायोजन गर्ने जनाएको छ । पटकपटक विवरण पठाउन निर्देशन दिए पनि नटेरेपछि आइतबारसम्म विवरण पठाउन भनिएको उनले जानकारी दिए। उनका अनुसार ताप्लेजुङ, धनकुटा, खोटाङ, सप्तरी, धनुषा, महोत्तरी, पर्सा, रामेछाप, काभ्रेलाञ्चोक, सिन्धुपाञ्चोक, रसुवा, लमजुङ, कास्की, पर्वत, पूर्व नवलपरासी, पश्चिम नवलपरासी, पाल्पा, पूर्वी रुकुम, प्यूठान, बाँके, डोल्पा, मुगु, सुर्खेत, बाजुरा, बझाङ र बैतडी जिल्लाका समन्वय समितिलाई विवरण पठाउन भनिएको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version