रोल्पा: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश कमिटीमा रोल्पाबाट २० जना चयन भएका छन् । प्रदेश समितिमा चयन हुनेहरुमा पूर्वमाओवादी केन्द्रबाट १४ र पूर्व एमालेबाट ६ जना रहेका छन् ।

पूर्वमाओवादी केन्द्रबाट चयन भएकाहरुमा राजबहादुर बुढामगर, सीता आचार्य, सुरेन्द्र थापा घर्ती, निमकान्त डाँगी, आशबहादुर पुन, गुणेन्द्र घर्तीमगर, वीरबहादुर खत्री, दिनेश रोका, कर्मलाल परियार, हरिसरा घर्तीमगर, भक्तबहादुर घर्ती, गोविन्द पुन, हरिभान पुन र तुल्सी डाँगी रहेका छन् ।

त्यसैगरी पूर्व एमालेबाट चयन भएकाहरुमा रुद्रमणि सुवेदी, कुमार दसौदी, रीमा नेपाली, हरि घर्तीमगर, शान्तकुमार वली र राजकुमार कक्षपति रहेका छन् ।

स्थानीय तहमा ६०÷४० को अनुपातमा नेतृत्व बाँडफाँड गरेको बताइएको छ । जसअनुसार १० स्थानीय तहमध्ये छ मा पूर्वमाओवादी केन्द्र र चार स्थानीय तहमा पूर्वएमालेबाट नेतृत्व हुने भएको छ ।

जिल्लाका रुन्टीगढी, त्रिवेणी, गङ्गादेव र लुङ्ग्री गाउँपालिका पूर्वएमालेले नेतृत्व गर्ने भएका छन् भने रोल्पा नगरपालिका, माडी गाउँपालिका, परिवर्तन गाउँपालिका, थवाङ गाउँपालिका, सुनछहरी गाउँपालिका र सुनिल स्मृती गाउँपालिकामा पूर्वमाओवादीले नेतृत्व गर्ने भएका छन् ।

प्रदेश सदस्य तथा स्थानीय तहको समेत अन्तिम टुङ्गो लागिसकेको हँुदा अब पार्टी एकताले मूर्तरुप लिने पूर्वएमाले रोल्पाका अध्यक्ष हरिप्रसाद घर्तीमगरले प्रतिक्रिया दिए ।एकीकरणको तलैसम्मको काम व्यवस्थित गरी पार्टी सञ्चालन हुन्छ घर्तीले भने।

दश स्थानीय तह रहेको रोल्पामा अघिल्लो वर्ष भएको निर्वाचनमा पूर्वमाओवादी केन्द्रले सात, पूर्वएमाले दुई र नेपाली काङ्ग्रेस एक स्थानीय तह जितेका थिए ।

प्रतिनिधिसभाको एक र प्रदेशसभाको दुई स्थानमा भने दुई वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा पूर्व माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version