काठमाडौं: खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरले अवको ६० दिनमा मेलम्चीको पानी काठमाडौंमा आइपुग्ने दावा गरेका छन्।
आइतबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा सचिव ठाकुरले ६० दिनमा मेलम्चीको पानी काठमाडौं आउने ठोकुवा गरेका हुन् ।

‘म ठोकुवा नै गरेर भन्छु अवको ६० दिनमा मेलम्चीको सबै काम सकिन्छ । ढुक्क हुनुस् २ महिनामा मेलम्चीको पानी आउँछ’ उनले भने । विगतमा कर्मचारीले काममा ढिलाइ गरेका कारण मेलम्ची समयमा आउन नसकेको उनले दावी गरे ।

उनले संसदमा जवाफ दिंदै भने, ‘यस अघि मन्त्रिज्युले भनेको कुरा दशैंभित्र खाने पानी दिने कुरा पुरा हुन सकेन त्यसमा म माफी माग्छु। ‘
‘मन्त्रीले भनेको विषयमा माफी माग्छु’, उनले भने, ‘हामीलाई विश्वास गर्नुस् दुई महिनामा प्राविधिक काम सकेर पानी हाल्छौं ।’

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version