काठमाडौँ: रियल म्याड्रिड र क्रोएशियाका मिडफिल्डर लुका मोड्रिचले विश्वको सर्वाेत्कृष्ट फुटबल खेलाडी बन्दै प्रतिष्ठित बालोन डी’अोर अवार्ड जितेका छन्।
यसअघि लगातार १० वर्षसम्म लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो मात्रै विश्वका सर्वोत्कृष्ट खेलाडी बन्दै यो अवार्ड जितेका थिए। उनीहरुको साम्राज्य ढाल्दै मोड्रिच विश्वको सर्वोत्कृष्ट खेलाडी बनेका हुन्।
सन् २००७ मा पूर्वब्राजिल र एसी मिलानका फरवार्ड काका यो अवार्ड जितेपछि मेस्सी र रोनाल्डोबाहेक अन्य कुनै खेलाडीले यो अवार्ड जित्न सकेका थिएनन्। लगातार दश वर्षसम्म मेस्सी र रोनाल्डले ५-५ विश्वको सर्वाेत्कृष्ट खेलाडी बन्दै बनाएको साम्राज्यलार्इ मोड्रिचले ढालेका हुन्।
रोनाल्डो अवार्डको दोस्रो स्थानमा अाए भने मेस्सी पाचौँ स्थानमा अाए। फ्रान्सका फरवार्डद्वय एन्टिनियो ग्रिजम्यान र केलियन एम्बाम्पे तेस्रो र चौथो स्थानमा रहे।
