काठमाडौँ: सरकारले काठमाडौँ उपत्यकाको फोहोर व्यस्थापनका लागि पुनः नुवाकोटको बन्चरे डांडामा हालसम्म पनि बन्न नसकेको ल्यान्डफिल साइटलाई मर्मत र बाँकी भौतिक पूर्वाधारका कामलाई अघि बढाउन शहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिएको छ।

मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको विहिबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै संचार तथा सुचना प्रविधि मन्त्रि गोकुल बाँस्कोटाले सो बारे जानकारी दिएका हुन्।

काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापन गर्न नुवाकोट जिल्लास्थित बञ्चरेडाँडामा निर्माण गर्नुपर्ने करीब १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधारसहितको ल्याण्डफिल्ड निर्माण गर्ने जिम्मा शहरी विकास मन्त्रालयलाई दिने बैठकले निर्णय गरेको उनले बताए।

हाल राजधानीका सम्पूर्ण फोहर व्यस्थापन काठमाडौँ महानगरपालिकाले नुवाकोटकै सिसडोलमा गर्दै आएपनि त्यहाँ बनेको ल्याण्डफिल साइट पहिलेनै भरि सकेको हुनाले काठमाडौँको फोहोर व्यस्थापनको दीर्घकालीन सोच अझै बन्न सकेको छैन।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version