काठमाडौं: ३३ किलो सुन तस्कर र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका निलम्बित प्रहरी नायब निरीक्षक (सई) बालकृष्ण सञ्जेल साधारण तारेखमा रिहा भएका छन् ।

बिहीबार जिल्ला अदालत, मोरङको आदेश उल्टाउँदै उच्च अदालत विराटनगरले सञ्जेललाई साधारण तारेखका छाड्न आदेश दिएको हो ।

जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएका सञ्जेललाई उच्च अदालतका न्यायधीश थीरबहादुर कार्की र जनक पाण्डेको इजलासले छाड्न आदेश दिएका हुन् ।

साधारण तारेखमा राखेर सञ्जेलको मुद्दाबारे अनुसन्धान भइरहने उच्च अदालतले जनाएको छ ।

सुन तस्कर प्रकरणमा प्रहरी प्रधान कार्यालयले एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत र सई बालकृष्ण सञ्जेललाई गत वैशाखमा निलम्बन गरेको थियो ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version