काठमाडौँ: काठमाडौँ कालोपुलमा डाका तथा गुण्डा नाइके राजन लिम्बुमाथि प्रहरीले गोलि प्रहार गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोली उनी भाग्न खोज्दा प्रहरीले उनको खुट्टामा गोलि चलाएको हो।
गोलि लागि घाइते भएका लिम्बुलाई बीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लागिएको प्रहरीले जानकारी दिएको छ।
लिम्बु प्रहरीको सर्वाधिक खोजिको सूचिमा रहेका व्यक्ति हुन्। उनीमाथि लुटपाट र डकैतीका घटनामा संलग्न भएको आरोप छ।
Facebook Comments Box
