काठमाडौँ: सङ्घीय संसद्को सार्वजनिक लेखा समितिले एनसेलको लाभकार उठाउन सरकारलाई निर्देशन दिएको छ।
लेखा समितिको आजको बैठकले निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको लाभकर जसरी पनि उठाउन सरकारलाई आग्रह गरेको हो।
स्विडेनको टेलियासोनेरा कम्पनीले २०७२ पुस ९ गते एनसेलको ८० प्रतिशत शेयर मलेसियाको एक्जियटा कम्पनीलाई बेचेको थियो । उक्त किनबेचमा नेपालले पूँजीगत लाभकर उठाउन सकेको छैन।
विसं २०७३ माघमा संसद्को सार्वजनिक लेखा समितिले अर्थमन्त्रालयलाई कर उठाउन निर्देशन दिएको थियो तर
अहिलेसम्म एनसेल खरीद बिक्रीको पूँजीगत लाभकर उठ्न सकेको छैन ।
एनसेल खरीद बिक्रीमा टेलिया सोनेराले रु ६० अर्ब ७१ करोड तिर्न बाँकी रहेको छ।
अर्थमन्त्रालयका राजश्व सचिव ढुङ्गानाका अनुसार सोनेराले एनसेलमार्फत लैजान खोजेको लाभांश रकम रोक्का राखेर त्यसैबाट कर उठाउन प्रयत्न भए पनि सर्वोच्च अदालतको अन्तरिम आदेश तथा कानूनी प्रक्रियाका कारण जटिल भएको समितिलाई जानकारी गराएका थिए।
