काठमाडौँ: लगानीकर्ताले सिधै अनलाइनमार्फत शेयर कारोबार गर्न पाउने भएका छन्। मङ्सिर २३ गतेदेखि ब्रोकर्ले लगानीकर्तालाई कारोबार गर्ने प्रणाली (लगइन) वितरण गर्ने भएपछी स्वचालित विधुतिय कारोबार गर्न पाउने भएका हुन् ।
यस्तो कारोबारका लागि लगानीकर्ता र ब्रोकरबीच सम्झौता गर्नुपर्छ ।
सम्झौतापछि ब्रोकर्ले युजर नेम र पासवोर्ड प्रदान गर्दछन । त्यही बाटोमार्फत शेयर खरिद विक्री गर्न सक्दछन् । नेप्सेले पूर्ण स्वचालित विधुतीय कारोबार सुरु गरेको ठीक एक महिनापछि लगानीकर्ताले कारोबारमा सिधा पहुँच पाउने भएका हुन्।
यस्तो कारोबारका लागि नेप्सेले लगानिकर्तालिया कारोबार गर्ने विधि र प्रक्रियाबारे प्रशिक्षण दिएको छ । गत सात अत्र करिव ४०० लगानीकर्ताले उक्त प्रशिक्षण लिएको नेप्सेले जनाएको छ ।
कारोबार प्रणाली चलाउन जान्ने लगानीकर्ताले आइतबारदेखि नै सिधै कारोबारमा पहुँच पाउने छन् ।
स्टक ब्रोकर्स एसोसियसनका अध्यक्ष भरत रानाभाटका अनुसार लगानीकर्तालाई लगइन वितरण गर्नका लागि आवश्यक तयारीराभएको छ ।
लगानीकर्तालाई कारोबार प्रणालीमा अभ्यस्त पनि बनाउनु पर्ने भएकोले एकै पटक सबैलाई लगइन वितरण गरिंदैन, उनले भने ।
