काठमाडौँ: निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले संस्थाका आफना ३२ जना ग्राहक सदस्यहरुको सहभागितामा मंसिर १२ गतेदेखि १४ गतेसम्म सुर्खेत जिल्लाको वीरेन्द्रनगरमा “ब्यवसायिक कुखुरापालन तालिम” सम्पन्न गरेको छ ।

एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरी रहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइ रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत संस्थाको वीरेन्द्रनगर क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख राज कुमार पोख्र्रेलले बताए ।

यो निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड ७ वटै प्रदेशका देशको ७७ वटै जिल्लाहरुको शाखा संञ्जाल रहेको लघुवित्त संस्था हो । संस्थाले १८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९२ वटा कार्यालयहरुको स्थापना गरी संस्थाले लघुवित्त सेवा पु¥याइ रहेको छ ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराइ विना धितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आर्थिक, सामाजिक, वौंद्धिक विकास गर्दै आई रहेको छ ।

यस संस्थाले देशको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई सीप विकास तालिम प्रदान गर्दै आई रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आइ रहेको छ ।

संस्थाले २०७५ कार्तिक मसान्तसम्ममा ३ लाख २८ हजार ९०६ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ । संस्थाले कार्तिक मसान्तसम्ममा लगानीमा रहेको कर्जा १६ अर्ब ११ करोड ८१ लाख रहेको छ भने ग्राहक सदस्यहरुका ९ अर्ब १३ करोड ६५ लाख बचत परिचालन गरेको छ ।

कुखुरापालन गरी रहेका संस्थाका ग्राहक सदस्यहरुलाई थप ज्ञान, सीप प्रदान गर्न यस तालिममा सहभागी गराईएको संस्थाको शाखा कार्यालय वीरेन्द्रनगर सुर्खेतका शाखा प्रमुख बाबुराम कँडेलले जानकारी गराए ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version