काठमाडौँ: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विसं २१०० सालसम्मको दीर्घकालीन आधारपत्र तयार पारेको छ । ‘समृद्ध नेपाल सुखी नेपाली’को सोचअनुरूप राज्यका तीनै तहले सम्पादन गर्ने कार्यहरूको सूची, नेपाल सरकारका सान्दर्भिक विद्यमान नीति, नेपालले विभिन्न समयमा गरेको अन्तर्राष्ट्रिय प्रतिबद्धता एवं स्वास्थ्य क्षेत्रका विद्यमान चुनौतीलाई आधार बनाई स्वास्थ्य क्षेत्रमा दीर्घकालीन सोचको आधारपत्र तयार गरिएको मन्त्रालयले जनाएको छ । दीर्घकालीन आधारपत्र तयार गर्नुको मुख्य लक्ष्य स्वस्थ, सबल र उत्पादनशील नागरिक तयार गर्ने रहेको मन्त्रालयले बताएको छ । आधारपत्रको नारा ‘समृद्ध मुलुकका लागि स्वस्थ नागरिक’ रहेको छ ।

संविधानले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक अधिकारका रूपमा स्थापित गरेको छ । राष्ट्रिय स्वास्थ्य नीति ०४८ ले दुर्गम र ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको विस्तारमा जोड दिएको थियो । संविधानले आधारभूत स्वास्थ्य सेवालाई प्रत्येक नागरिकको मौलिक अधिकारका रूपमा स्थापना गरेअनुरूप विद्यमान स्वास्थ्य नीतिले सबै नागरिकको स्वास्थ्य सेवामा समतामूलक पहुँचका साथै गुणस्तरीय सेवा प्रवाहलाई जोड दिएको छ ।

विगत वर्षमा तथा चालू योजनामा सञ्चालन भएका स्वास्थ्य सेवाका विभिन्न कार्यक्रमको फलस्वरूप शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) र नवजात शिशु मृत्युदर (प्रतिहजार जीवित जन्ममा) क्रमशः ३२ र २१ मा झरेको छ । पाँच वर्षमुनिको बाल मृत्युदर (प्रतिहजार जीवित जन्ममा) ३९ तथा मातृ मृत्युदर (प्रतिलाख जीवित जन्ममा) २३९ मा झरेको छ । यसैगरी, परिवार नियोजनको आधुनिक साधन प्रयोगदर ४३ प्रतिशत छ भने कुल प्रजननदर २.३ छ । पाँच वर्षमुनिका बच्चामा पुड्कोपना घटेर ३६ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या सचिव डा. सुशीलनाथ प्याकु-याल बताउँछन् । यो समाचार नयाँ पत्रिकामा रहेको छ ।

Facebook Comments Box
Share.

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

Leave A Reply

Exit mobile version